लागुऔषध सहित पक्राउ

473

काठमाडौं / प्रहरीले बिहिबार लागुऔषध सहित १ जना लाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका १३ चक्कु चोकबाट यहि फागुन १६ गते बेलुका लागुऔषध सहित १ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला सिन्धुपाल्चोक घरभई काठमाण्डौ महानगरपालिका-१३ बाफल बस्ने बर्ष-२५ को ढकबहादुर भण्डारी छन् । निजको साथबाट डाईजापाम, ब्रुपिननुर्फिन, फेनारगन गरी जम्मा १३५ एम्पुल लागुऔषध बरामद गरी आवश्यक अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here