आजकाे सुनसुनचाँदी कारोबार यस्ताे छ

60

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सुनको मुल्य नेपाली बजारमा घटेको छ । हिजो ९४ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको छापावाल सुन आज १५ सयले घटेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन आज प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, शुक्रबार चाँदीको मुल्य ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here