मिटरब्याज पीडितको समस्या मधेश सरकारको दायित्व : मुख्यमन्त्री यादव

45

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजीबाट पीडितहरुको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएका छन्।

मुख्यमन्त्री यादवले बुधबार बिहान  विज्ञप्ति जारी गर्दै मिटरब्याज पीडितहरुको हरेक पाइलामा समर्थन रहेको बताउँदै यो समस्या समाधानका लागि संयुक्तरुपमा लड्नुपर्ने जनाएका हुन्।

‘गरीब झन् गरीब हुने, भएको सम्पत्तिसमेत स्वाहा हुने राष्ट्रिय समृद्धिको बाधक यो समस्याविरुद्ध संयुक्तरुपमा लड्न म मधेश प्रदेश सरकारको तर्फबाट सारा विद्वत वर्ग, चिन्तक, योजना विद्, विज्ञहरुलाई आह्वान गर्द्छु,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। उनले मिटरब्याज मधेश प्रदेशको मात्र समस्या नभएको जनाउँदै गरीब झन गरीब हुने उल्लेख गररेका छन्।

उनले मिटरब्याज पीडितको समस्या मधेश सरकारको पनि सरोकार र दायित्व भएको बताउँदै सरकारले आन्दोलनलाई साथ दिने जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here