थ्री नेसन्स् कपमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश

34

काठमाडाैं । प्रधानमन्त्री थ्री नेसन्स् कपमा भुटानसँग बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको छ। खेलको २०औं मिनेटमा तेन्जिन नोर्बूले दावा छिरिङको पासमा गोल गरेपछि भुटानले अग्रता कायम गरेको थियो। त्यसअघि भुटानी कप्तान चेन्चोको २ प्रहार सफल हुन सकेको थिएन।

पहिलो हाफको अन्त्यतिर नेपालले आक्रमण बढाए पनि गोल गर्न सकेन। दोस्रो हाफको सुरुमै अन्जन विष्ट चोट ब्यहोर्दै बाहिरिए। ६९औं मिनेटमा दीपकराज सिंह ठकुरीको प्रहार गोल पोपोस्ट माथिबाट गएको थियो। ७७औं मिनेटमा मनीष डॉगीको प्रहार गोल हुन सकेन। खेलको अन्तिम मिनेट बॅाकी छॅदा पुनः ठकुरीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। जसले नेपाललाई हारबाट जगाउँदै घरेलु मैदानमा फाइनलमा प्रवेश गराएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here