हिरासतमा रहेका विप्लवका नेता जीवन्तको स्वास्थ्य अवस्था गम्भीर

131

काठमाडौं- विप्लव नेतृत्वका (ने.क.पा.) नेता मोहनबहादुर कार्की ‘जीवन्त’को स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

सर्वोच्च अदालतको आदेशमा रिहालगत्तै चैत्र २४ गते आइतबार सर्वोच्च अदालत गेटबाटै गिरफ्तार भएका पार्टीका पोलिट ब्यूरो सदस्य (पीबीएम) रहेका नेता जीवन्त सुगर र मृगौला रोगबाट गम्भीर पीडित हुन् । उनले त्यससम्बन्धी दैनिक रुपमा कडा मात्रामा औषधि खाइरहेका छन् ।

पुनः गिरफ्तारपछि संगठित अपराध अभियोगमा अनुसन्धानका लागि भन्दै हाल संखुवासभा जिल्ला प्रहरी हिरासतमा बन्दी बनाइएका उनलाई स्वास्थ्य परिक्षण गराउने त कता हो कता, नियमित औषधि टुट्दा समेत बेवास्ता गरेको उनका परिवारका सदस्यले जनाएका छन् ।

बन्दीले पाउने सामान्य उपचार सुविधासमेत राज्यले आफूलाई नदिएको र उपचारका लागि गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले फासीवादी चरित्र देखाएको भन्दै उनले आपत्ति जनाएको कुरा भेटघाट गर्न पुगेका आफन्तले जनाए ।

नेता जीवन्तकाको अवस्थाबारे गम्भीर बन्न मानवअधिकार आयोग, संगठन तथा संचारमाध्यमसँग उनका परिवारले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here