महामारी नियन्त्रणका लागि सबै संयन्त्र परिचालन : प्रधानमन्त्री ओली

212

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरेको जनाउनुभएको छ ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकको जीवनरक्षा नै सरकारको पहिलो दायित्व भएको जनाउनुभएको हो ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले महामारीका कारण कसैले ज्यान गुमाउनु नपरोस् भन्नेमा सरकार सचेत र संवेदनशील भएको जनाउनुभयो ।

उहाँले कोरोना संक्रमणका समयमा खटिएका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी,शव व्यवस्थापक,चालक लगायतका लागि आगामी एक वर्षसम्म उनीहरुले पाउदै आएको तलब सुविधाको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने जनाउनुभयो ।

उहाँले कोरोनाको लहर फैलिन नदिने लकडाउन नै विकल्प रहेको सुझाव विज्ञहरूको रहेकाले सरकारले लकडाउनलाई थप कडा बनाउन लागेको जनाउनुभयो ।

यसका लागि प्रदेशसँग समन्वय गर्नका निम्ति संघीय सरकारका सात मन्त्रीलाई फोकल पर्सन तोकिएको पनि उहाँले जानकारी दिनुभयो । प्रदेश १ को संयोजकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाम्फे, त्यस्तै प्रदेश २ मा शहरी विकासमन्त्री प्रभु साह, बागमतीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, गण्डकीमा कृषिमन्त्री अर्याल, लुम्बिनीमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, कर्णालीमा वनमन्त्री प्रेम आले र सुदूरपश्चिमको संयोजकमा उद्योगमन्त्री लेखराज भट्ट तोकिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here