कुकुरका लागि ८ वटा आइफोन उपहार !

184

चीनका एक जना धनाढ्यले आफ्नो कुकुरका लागि ८ वटा आइफोन किनिदिएका छन् । ती व्यक्तिले कुकुरका लागि हालै मात्र बजारमा आएको आइफोन ७ किनेका हुन् । चिनिया सञ्चारमाध्यमहरूका अनुसार चीनका सबैभन्दा धनी व्यक्ति वांग जियानलिनका छोराले आफ्नो कुकुर कोकोका लागि ८ वटा आइफोन सेभेन किनिदिएका हुन् । २३ अर्ब डलर सम्पत्तिका मालिक वांगका छोराले आफ्नो पाल्तू कुकुरका लागि आइफोन सेभेनका अलावा एप्पलको स्मार्ट घडी लगायतका ग्याजेट पनि किनिदिएका छन् ।

सोसल मिडियामा अर्बपतिको उक्त भाग्यमानी कुकुरको फोटो भाइरल बनेको छ । फोटोमा कुकुरको सामुन्ने आइफोन सेभेनको थुप्रो छ । अझ रोचक कुरा त के भने चीनमा यो कुकुर सााच्चीकै सेलिब्रेटीको रूपमा रहेको छ । सोसल मिडियामा यसका १९ लाख फलोअर्स छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here