तपाईंले सुनको ट्वाइलेटका बारेमा कहिल्यै सुन्नुभएको छ ? हो, अमेरिकाको न्युयोर्कमा एउटा सुनको सार्वजनिक ट्वाइलेट छ, जसमा आगन्तुकले मज्जाले दिसापिसाब गर्न पाउाछन् ।
न्युयोर्कमा रहेको गुगेनहेम नामक संग्रहालयमा सुनको ट्वाइलेट छ । म्युजियम घुम्न आउने जो कोहीले यो ट्वाइलेटको प्रयोग गर्न पाउाछन् । यो ट्वाइलेट सिट १८ क्यारेट सुनबाट बनेको छ । इटालीका एकजना कलाकार क्याटिलेनले यो ट्वाइलेट तयार पारेका हुन् ।
सुनका छुट्टाछट्टै टुक्रा जोडेर यो ट्वाइलेट सिट तयार पारिएको छ । यो ट्वाइलेट निर्माणमा कति रकम खर्च भयो र म्युजियममा कहिलेसम्म यो ट्वाइलेट सिट राखिन्छ भन्ने बारेमा चाहिा केही खुलाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here