मिस युनिभर्स २०२३ मा नेपालको यात्रा अन्तिम २० मा पुगेर टुंगिए

28

काठमाडौं । यसवर्षको मिस युनिभर्स २०२३ मा नेपालको यात्रा अन्तिम २० मा पुगेर टुंगिएको छ । मुलुकको प्रतिनिधित्व गरेकी जेन दीपिका गारेटले ‘प्लस साइज मोडल’को रुपमा अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुलेपनि आफ्नै मुलुकको रेकर्ड भने तोड्न सकिनन् ।

दीपिका अन्तिम २० मा छनोट भएपनि अन्तिम १० मा पुग्न सकिनन् ।

सन् २०१८ मा मनिता देवकोटा अन्तिम १० मा छनोट भएकी थिइन् । तर, दीपिकाको जस्तो प्रसिद्धी सम्भवतः नेपाली ब्युटी पेजेन्टको इतिहासमा यसअघि कसैले पनि पाएको देखिएन । सीएनएनदेखि विश्व प्रतिष्ठित मिडियाले ‘प्लस साइज’ मोडलको रुपमा दीपिकाले सौन्दर्यको मापदण्डलाई तोडेको समाचार लेखेका थिए ।

हुन पनि उनले मिस युनिभर्समा पहिलो ‘प्लस साइज मोडल’को कीर्तिमान रचिन् । उनको आत्मविश्वासको पनि चर्चा भैरहेको छ । खासगरि, मिस युनिभर्सको प्रारम्भिक चरणमा दीपिकाको प्रशंसा खुबै भयो । परिचय, नेसनल कस्ट्युमदेखि स्वीमसुट राउण्डमा उनको उपलब्धि हेर्दा उनी फाइनलिस्ट बन्ने अपेक्षा गरिएको थियो ।

प्रतिस्पर्धापछि सामाजिक संजालबाट खुशि बाँड्दै दीपिकाले लेखेकी छन्- म संसारभर वास्तविक आकारको सुन्दरताको प्रतिनिधित्व गर्न पाउँदा र सौन्दर्य प्रतियोगिताको स्टेरियोटाइप (परम्परागत मापदण्ड) तोड्न पाउँदा गर्व गर्छु । नयाँ मिस युनिभर्समा धेरै गर्व छ र मेरो जीवनको यो क्षणलाई कदर गर्नेछु ।’

नेपालको जस्तै नियति यसपटक भारतको पनि देखियो । भारतकी श्वेता शारदा अन्तिम १० मा छनोट हुन सकिनन् ।

पहिलोपटक निकारागुआलाई उपाधि

७२ औं मिस युनिभर्सको उपाधि निकारागुआकी सेनिस पलासियोसले जितिन् । दक्षिण अमेरिकी मुलुक निकारागुआका लागि मिस युनिभर्स टाइटल पहिलोपटक हो ।

२३ वर्षिया पलासियोस पेशाले टेलिभिजन होस्ट समेत हुन् । उनले आमसञ्चारमा स्नातक उत्तिर्ण गरेकी छन् । थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप हुँदा अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड रनरअप घोषित भइन् ।

एल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here