काठमाडौं/ नेपाली सांगीतिक ब्याण्ड नेपथ्यले अमेरिकाको न्युयोर्क सहरमा दमदार प्रस्तुति दिएको छ । उक्त कार्यक्रम म्यानहटन सेन्टरमा शनिबार भएको थियो ।

कार्यक्रममा सधौजस्तै घडीको संकेत जसै ४, ३, २, १ गर्दै ० मा अडियो, भुइाबाट स्टेजभरि छरिएको निलो बत्तीले गितारको आवाजसागै नृत्य सुरु गरिएको थियो । गितारको ध्वनी तीव्र हुादै गएपछि क्रमश: अन्य वाद्ययन्त्रहरू पनि गुञ्जन सुरु भएका थिए भने ‘सन्तानहरू कहाा पुग्छन् खोलाहरू जस्तो आमा हुनु साह्रै असजिलो छ’ जस्ता गीतहरू नेपथ्यले पस्किएको थियो ।

नेपथ्यले आफ्ना चर्चित गीतहरू भोडाको ऊनजस्तो हुादै छेक्यो छेक्यो, लामपाते सुरती, चरी मर्‍योलगायत प्रस्तुतिहरूले कार्यक्रमको माहोल तताएका थिए । साथै ब्याण्डका अगुवा गायक अमृत गुरुङले पनि एकपछि अर्को सुमधुर गीतहरू पस्किएका थिए ।

कार्यक्रम सकिएपछि ब्याण्डका सदस्यहरूले सामूहिक रूपमा दर्शकतर्फ झुक्दै अभिवादन गरे । सामान्यतया नेपथ्यको हरेक शो दुई घन्टाको निम्ति सेट हुने गरेकामा शनिबार भने न्यूयोर्कका दर्शकहरूको चर्को अनुरोधमा साढे दुई घन्टासम्म कलाकारहरूले विश्राम लिन पाएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here