“एक कप चिया दान अभियान”को तेहौँ वार्षिकोत्सव “एक कप चिया दिवस” का रूपमा सम्पन्न

99
काठमाडौँ-विश्वभरी फैलिएका दाताहरुले प्रदान गरेको दिनको एक कप चिया बराबरको रकम दान संकलन गरेर निमुखाहरुलाई आँखा स्वास्थ्य सेवा दिँदै आएको युवा नेत्र सेवाले आफ्नो तेहौँ वार्षिकोत्सव सम्पन्न गरेको छ । नेपालका “आँखाका मणि” रुपमा परिचित प्रा. रामप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा डा. सविता श्रेष्ठले सेवाको कोषमा १ लाख २० हजार रुपियाँ प्रदान गर्नुभयो भने सुरेन्द्र प्रसाद ढकाल प्रतिष्ठानले वार्षिक रुपमा ३० हजार रुपियाँ रकम प्रदान गर्नु घोषणा गर्नुभयो । २७ वर्षअघि स्थापित सेवाले १३ वर्षअघि सञ्चालन गरेको आँखा उपचारका लागि “एक कप चिया दान अभियान” को साधारण सभा “एक कप चिया दिवस” का रुपमा सेवाका अध्यक्ष नेत्र विशेषज्ञ सिद्धार्थ रञ्जितको सभापतित्वमा सम्पन्न भएको हो । सभामा सेवाका सचिव रोशन राज महर्जनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष शर्मिला डंगोलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभामा साहित्यकार डा. नवराज लम्सालले समाजसेवाका क्षेत्रमा युवा नेत्र सेवाको भूमिकाबारे विचार व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here