राष्ट्रपतिकाे स्वास्थ्यमा सुधार

57

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख देखिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले दिएको उहाँको स्वास्थ्य अवस्थाको पछिल्लो विवरणमा राष्ट्रपतिलाई हिजोभन्दा आज राम्रो भएको जानकारी उल्लेख छ ।

अस्पतालका प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाद्वारा जारी प्रेस विज्ञप्ति भनिएको छ, ‘स्वास्थ्य असहजता भइ अस्पतालमा भर्ना हुनु भएका राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।’ उहाँ हिजा साँझ अस्पतालमा भर्ना हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here