काठमाडौं । नेपाल बैंकर्स संघका पदाधिकारी एवम् वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले बढ्दै गएको लगानी जोखिमप्रति चिन्ता व्यक्त गरेका छन् । सोमबार राजधानीमा अर्थमन्त्री डा.प्रकाशशरण महतसँग भेट वार्ता गर्दै सीईओहरुले बढ्दो लगानी जोखिम र तरलता अभावले बैंकिङ क्षेत्र कठिन अवस्थाबाट गुज्रिरहेको बताए ।
छलफलमा अर्थमन्त्री डा.महतले पछिल्लो समय उच्च ब्याजदरका कारण उद्योग, व्यवसायीले काम गर्न नसकेको गुनासो बढेको बताउँदै ब्याजदर घटाउन सकिने ठाउँ भए बिचार गर्न बैकर्सहरुलाई आग्रह गरेका छन् ।


















