आज  क्रिस्चियन धर्मावलम्भीले इस्टर पर्व मनाइदै

87

एजेन्सी । इस्टरलाई इसाई समुदायको ठूलो चाड मानिन्छ । गुड फ्राइडेको तेस्रो दिन, अर्थात् अर्को आइतबार, येशू ख्रीष्ट पुन: जिवित भएका थिए। जसले गर्दा मानिसहरू खुशीले रमाएका थिए। येशू ख्रीष्ट  पुन: जिवित भएको  घटनाको सम्झनामा, ईसाई धर्मका मानिसहरूले इस्टर सन्डे मनाउने गरेका छन्।

यो पर्व सधैं एउटै मितिमा पर्दैन। इस्टर मार्च २१ पछि आउने पूर्णिमा पछिको पहिलो आइतबार मनाइन्छ। यस वर्ष यो पर्व आज अप्रिल ९ गते मनाइँदैछ ।

शनिबारदेखि नै इस्टरको अवसरमा, प्रभु येशू ख्रीष्टको आगमनको पर्खाइमा प्रार्थना सभाहरू सुरु हुन्छन्। येशू ख्रीष्ट आफ्ना चेलाहरूको लागि फर्केर आएका र ४० दिनसम्म उनीहरुलाई उपदेश दिएका थिए भनिन्छ।

ईस्टरको महत्त्व दुई तरिकाको छ। पहिलो, येशूले मर्नु अघि सबैलाई क्षमा गरे र मानिसको पापको प्रायश्चित गर्नको लागि क्रूसमा आफ्नो रगत बगाए। येशूलाई क्रूसमा टाँगिएको दिनलाई गुड फ्राइडे भनिन्छ।
दुई दिन पछि, येशू फेरि जीवित भए र यसले मानिसहरूमा नयाँ आशा जगायो र परमेश्वरप्रति उनीहरूको विश्वासलाई बलियो बनाएको मानिन्छ। यसै दिनलाई इस्टर भनिन्छ।

इस्टर र अण्डाको महत्व

‘इस्टर सन्डे’मा अण्डाको विशेष महत्त्व हुन्छ। अण्डाले नयाँ जीवनको सन्देश दिन्छ भनिन्छ । जसरी चराले पहिले अण्डा दिन्छ, त्यसपछि चल्ला निस्कन्छ। त्यसै गरी, अण्डा इस्टर मा एक शुभ स्मारक मानिन्छ। ईस्टरमा विशेष तरिकाले अण्डाको प्रयोग गरिन्छ। कतै अण्डामा पेन्टिङ गरेर, कतै अर्कै तरिकाले सजाएर एकअर्कालाई उपहार दिइन्छ ।

यसले जीवनमा नयाँ जोश र उमंगले भर्ने सन्देश पनि दिन्छ । अण्डा पनि एकअर्कालाई उपहारको रूपमा दिइन्छ।

जुन समय येशू ख्रीष्टलाई पक्राउ गरिएको थियो त्यो समय इजरायलमा जाडो जान लागेको थियो र गर्मी आउँदै थियो। यही कारणले गर्दा भ्याटिकनको मौसम र चन्द्रमाको हिसाबले गुड फ्राइडे र इस्टरको मिति तय गरिन्छ। इस्टर सामान्यतया अप्रिलमा मात्र मनाइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here