अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ

48

काठमाडौं ।  अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन्।

अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १ सय २९ सहित २ जना बंगलादेशी नागरिक र १ जना भारतीय नागरिक पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू ३७ वर्षीय एमडि मोफिजुल ईस्लाम र ४७ वर्षीय देबासहिस कुमार साह तथा भारतीय नागरिक ४३ वर्षीय सन्दीप कुमार रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट विमान बंगलादेशको उडानद्वारा बंगलादेशको ढाकातर्फ जान लागेका बंगलादेशी नागरिकहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्दा डलर भेटिएको हो।

दुवै जनाको साथबाट १०/१० हजार गरी जम्मा २० हजार अमेरेकी डलर प्रहरीले फेला पारी पक्राउ गरेको हो। साथै फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै अमेरिका जान लागेका भारतीय नागरिक सन्दीप कुमारलाई विभिन्न दरको अमेरिकी डलर ७ हजार १ सय २९ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here