समिट अपार्टमेन्ट दुर्घटना बारेमा छानविन गर्न माग

65

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर तोसिमा कार्कीले प्रकृया नै पूरा नगरी अगाडि बढाइएको समिट अपार्टमेन्ट निर्माणका कारण भएको दुर्घटनाको छानविनका लागि संसदीय समिति बनाउन माग गरेकी छन्।

बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद कार्कीले नक्सापास, इआइए र स्थानीयको सहमतिविना नै समिट अपार्टमेन्ट निर्माण गरिएकाले दुर्घटना भएको बताउँदै तत्काल समिति बनाएर छानविन गर्न माग गरेकी हुन्। उनले दोषीलाई कडा कारबाही र पीडितलाई क्षतिपूर्ति दिन पनि माग गरेकी छन्।

‘दोषीलाई कारबाही र क्षति भएका पीडितवर्गलाई क्षतिपूर्ती र जोखिममा भएका घरहरूको संरक्षण आजबाटै सरू गरियोस्,’ कार्कीले भनिन्।  कार्कीले समिट अपार्टमेन्टसहित देशभर निर्माण भइरहेका होटल र अपार्टमेन्टहरूको वैधानिकता खोज्नुपर्ने बताएकी छन्। यसका लागि सभामुखको निर्देशन पनि माग गरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here