संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा एमाले

37

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन्।

बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरुसँगको भेटमा नेता नेपालले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन्।

अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताए। उनले संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने बताए। उनले एमालेसँगको एकताको सम्भावनाका बारेमा  नेपालले मन र विचार मिल्नेहरुसँग वहस र छलफल गर्न तयार रहे पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने त्यस एकताको सम्भावना नरहेको बताए।

उनले भने, “एमालेभित्र अब अहिले प्रतिनिधिसभालाई फेरि पनि विघटन गर्न सकिने हुन्छ। विघटन गर्न सकिन्छ। मध्यावधिको अवस्थामा जान सकिन्छ भन्ने सोच हामीले सुनेका छौँ। त्यो बाटोमा त हामी जान सक्दैनौँ। संविधान मिच्ने कुरालाई हामी समर्थन गर्न सक्दैनौँ।”

नेता नेपालले केही व्यक्तिले पार्टी छाडेको र विचार मिल्नेबारे धारणा राख्नुलाई व्यक्तिगत निर्णयको विषय भएको बताएका छन्। उनले पार्टी छोड्नु र प्रवेश गर्नु नियमति प्रक्रिया रहेको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुईपटक संसद्‍ विघटन गरेर मध्यावधि चुनावमा जाने निर्णय गरेका थिए। यद्यपि, दुवैपटक सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here