काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको मतदान पुन: हुने भएको छ।
प्रतिष्पर्धी मध्ये कुनै एक उम्मेदारको मत कुल मतको ५१ प्रतिशत पुग्नुपर्ने प्रावधान अनुसार कसैको पनि मत ५१ प्रतिशत नपुग्ने भएपछि पुन: मतदान हुने भएको हो।
तीन जना उम्मेदवार मध्येका मुख्य दुई प्रतिष्पर्धी अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिष्पर्धा हुने भएको हो।
कुल मतमध्ये अन्जनले ३७.९९ प्रतिशत, उमेशलालले ३१.४१ प्रतिशत र रामले ३०.४१ प्रतिशत मत प्राप्त गरेका छन्।
पुन: मतदान आज दिउँसो २ बजे हुँदैछ।


















