सिंहदरबार अरु पालिकामा सार्न मेयर बालेनकाे आग्रह

110

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन (बालेन्द्र) साहले सिंहदरबार अरु पालिकामा सार्न आग्रह गरेका छन्। पछिल्लो समय सिंहदरबारले सहयोग नगरेकोप्रति रुष्ट  बनेका मेयर साहले फेरि सरकारसँग आक्रोश व्यक्त गरेका हुन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आक्रोश व्यक्त गर्दै लेखेका छन, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस् , कि सिंहदरबार अरु पालिकामा सार्नुहोस्।’

‘हामी काठमाडौंबासीलाई कुनै आपत्ति छैन। चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन’, उनले लेखेका छन्।

महानगरपालिकाले सुकुम्बासीहरूलाई हटाउन खोज्दा सरकारले असहयोग गरेको भन्दै मेयर साहले यसअघि सिंहदबार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने उद्‌घोष गरेका थिए। पछिल्लो समय सरकार र काठमाडौं महानगरपालिकाबीचको द्वन्द्व बल्झिदै गइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here