प्रतिनिधिसभामा प्रधानमन्त्री हराएको सूचना जारी

69

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना जारी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री प्रचण्ड हराएकाले संसद् बैठकमा नदेखिएकोले खोजी गरी बुझाउन अपिल गरेका छन्।

‘नागरिकताको नाम श्री पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, स्थायी ठेगानाः फेरि राख्ने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालाुवाटार, हुलिया, पहिले कोट पाइन्ट लगाए पनि हाल कोट पाइन्ट पनि लगाउने। उमेर ६५ नाघेको, ७० नपुगेको जस्तो देखिने। उहाँ केही दिन अगाडि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउन छोडेकाले उहाँलाई फेला पार्ने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला। उहाँ अन्तिमपटक देखिएको स्थान बालुवाटार छेउछाउ,’ उनले भने।
कांग्रेस सांसदको जवाफ

जवाफमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसद पन्तलाई दिउँसो ३ बजे मन्त्रीको शपथग्रहणमा प्रधानमन्त्री भेटिने भएकाले जान आग्रह गरे। ‘भर्खरै प्रधानमन्त्री हराएको सूचना सुन्न पाइयो। आज ३ बजे शपथग्रहण हुने भनेको छु। सूचना गर्नै माननीयज्यूलाई त्यहाँ उपस्थित हुन अनुरोध छ। दौरा सुरुवालमा जानुहोला,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here