सेती नदीको खोँचमा परेर ज्यान गुमाउन परेकोले तारबार लगाउन माग

34

काठमाडाैं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले सेती खोँच वरपर तारबार लगाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

आइतबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै भट्टराईले सेती नदीको खोँचमा परेर वर्षौ मानिसहरुले ज्यान गुमाउन परेको बताउँदै तारबार लगाउन सरकारसँग माग गरेकी हुन्।

भूगर्वविद्हरूले पनि सेती नदीले निट भविष्यमा जुनसुकै खालका जोखिम पुर्याउने खतरा रहेकोबारे सरकारलाई ध्यानाकर्षण गराएको बारेमा पनि भट्टराईले स्मरण गराइन्।

‘दुःखद् घटना हुँदा हामी केही संवेदनशील बन्छौं। जब पुरानो हुँदै जान्छ, हामी बिर्सदैँ जान्छौं,’ उनले भनिन्।

सेती नदीलाई संरक्षण गर्नका लागि योजना बनाउने विषयमा पटकपटक संसदमा आवाज उठेपनि सरकारले ध्यान नदिएको उनले जनाइन्।

उनले विज्ञका सुझावअनुसार तारबार लगाउन र सुक्खा पहिरो नियन्त्रणका लागि विज्ञहरुले भनेझैँ चेकड्याम निर्माणका लागि योजना सञ्चालन गर्न माग गरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here