कथानक चलचित्र ‘गणपति’ को गीत सार्वजनिक

98

काठमाडाैं । अभिनेता मुकुन भुषाल र मेनुका प्रधान अभिनीत कथानक चलचित्र ‘गणपति’ को गीत सार्वजनिक भएको छ।

आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत चलचित्रमा समावेशी ‘गाढा भैदियो’ बोलको गीत सार्वजनिक गरिएको हो। अनिश अधिकारी र बेनिशा पौडेलको स्वर रहेको गीतमा मुकुन र मेनुकाको दुई कालखण्डको प्रेम देखाइएको छ। गीतमा संगीत तथा शब्द सबिन अधिकारीको छ।

सबिन अधिकारीले निर्देशन गरेको चलचित्रमा मुकुन र मेनुकासँगै कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, सुशील पोखरेल, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ।

यो चलचित्रको सम्पूर्ण छायांकन तनहुँको बन्दीपुर गाउँपालिका थारुवासमा गरिएको हो। एबिगम्यान फिल्म्स ब्यानरको फिल्ममा लक्ष्मण थापाको लगानी छ। चलचित्रलाई हरिबहादुर घलेले छायांकन गरेका हुन्। यो चलचित्र जेठ ५ गतेदेखि प्रदर्शन हुँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here