यसरी स्वस्थ राख्नुहोस् कलेजो

39

कलेजो शरिरको निकै संवेदनशील अंग हो। यो अंगका काम पनि अन्य अंगका भन्दा बढी हुन्छन्। भारतीय मेदान्ता इन्स्टिच्युट अफ लिभर ट्रान्सप्लान्टेसनका अध्यक्ष र प्रमुख सर्जन अरविन्दर सिंह सोइन कलेजोले शरिरका ५०० वटा सम्म काम गर्ने बताउँछन्।

तर पछिल्लो समय कलेजोका बिरामी बढिरहेका छन्। तीन दशकअघिसम्म हृदयघात, मधुमेह र ब्लडप्रेसर जस्ता रोग खतरनाक मानिन्थे, र यिनको समस्या पनि धेरै हुन्थ्यो। तर पछिल्ला दिनमा कलेजोसम्बन्धी रोग भयावह रूपमा देखिन थालेको छ, कलेजोसम्बन्धी रोग बढ्दै गएका छन्।

मदिराजन्य पदार्थ सेवन गर्ने व्यक्तिको कलेजो धेरै खतरामा रहेको बताइन्छ। अत्यधिक मदिरा सेवनबाट हुने अल्कोहलयुक्त कलेजोको रोग देखिन्छ। तर केही वर्षयता अल्कोहल नपिउने व्यक्ति पनि कलेजो रोगबाट पीडित भइरहेका छन्। मोटोपना, मधुमेह, खराब कोलेस्ट्रोल र हेपाटाइटीस बी र सीको समस्या भएका व्यक्तिमा कलेजो रोग देखिने सम्भावना ज्यादा हुन्छ।

त्यसैले कलेजोको सधैँ हेरचाह राख्नुपर्छ। कलेजो स्वस्थ राख्न निम्न काम गर्न सकिन्छ:

-कलेजो रोग वंशाणुगत पनि हुनसक्छ। त्यसैले परिवारमा कसैलाई मधुमेह वा रक्तचाप छ भने स्वास्थ्यको ख्याल गर्नुहोस्।

-दैनिक व्यायाम गर्नुहोस्।

-वजन नियन्त्रण गर्नुहोस्।

-चिल्लो खानेकुरा: तेल, घिउ, घिउको सेवन सकेसम्म कम गर्नुहोस्।

-खानेबित्तिकै नसुत्नुहोस्। सुत्नुभन्दा तीन घण्टा पहिले खाना खानुहोस्।

-कलेजोमा कुनै समस्या भएमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस्। समयसमयमा स्वास्थ्य जाँच गरिरहनुहोस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here