अमेरिकामा विमानसँग चरा ठोक्किदा इन्जिनमा आगलागी

39

अमेरिकन एयरलाइन्सको एक विमानसँग चरा ठोक्किएको छ । त्यसपछि विमानको इन्जिनमा आगो लागेको छ । करिब २० मिनेटसम्म उडेपछि यसलाई ओहायोमा आपतकालीन अवतरण गराइयो । घटना अमेरिकी समयानुसार आइतबार बिहानको हो । यसको भिडियो अहिले सार्वजनिक भएको छ ।

डेली मेलको रिपोर्ट अनुसार बोइङ ७३७ फ्लाइट  AA1958 ले ओहायो राज्यको कोलम्बस सहरको जोन ग्लेन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान पौने ८ बजे उडान भरेको थियो । उक्त विमान एरिजोना राज्यको फिनिक्स सहर पुग्नुपर्ने थियो तर उडेको ४० मिनेटपछि करिब ८:२२ मा जोन ग्लेन विमानस्थल फिर्ता भएर अवतरण भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here