रास्वपा उम्मेदवार वाग्लेले ९ हजार १९८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द्र भट्टराईले ३ हजार ८०३ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार ४३० मत ल्याएर तेस्रो स्थानमा छन्।
तनहुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार भट्टराई र नेकपा एमालेका उम्मेदवार खनालको मत जोड्दा समेत रास्वपा उम्मेदवार वाग्लेले प्राप्त गरेको मत बढी हुन्छ। कांग्रेस र एमालेका उम्मेदवारले प्राप्त गरेको मत जोड्दा ६ हजार २३३ पुग्छ। जबकि रास्वपा उम्मेदवार वाग्लेले ९ हजार १९८ मत पाएका छन्।


















