काठमाडौं। सोमबार राति करिव सवा नौ बजे काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा प्राविधिक समस्या आएर ठूलो आवाजसहित आगोको झिल्को देखिएको प्रकरणमा नागरिक उड्ययन प्राधिकरणले कडा कदम चालेको छ ।
प्राधिकरणले मंगलबार दिउँसो एउटा ट्वीट गर्दै हिजो रातिको फ्लाई दुबईको फ्लाइट नम्बर एफडिजेड५७६ (बि७३७–८००) काठमाडौं–दुबई उडानमा ‘बर्ड स्ट्राइक’ (चरा ठोक्किएको) भएको भनेर भ्रमणपूर्ण समाचार फैलाउनले फ्लाइ दुबईका कन्ट्रि मेनेजर तथा एयरपोर्ट मेनेजरलाई कारवाही गरेको हो ।


















