एसियन कप छनोटमा नेपाल इरानलाई स्तब्ध पार्ने दाउमा

52
messenger sharing button
email sharing button

एएफसी यू–१७ महिला एसियन कप छनोटको पहिलो चरणमा नेपालले आज इरानको सामना गर्दैछ । नेपाल र इरानबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा साँझ ६ः४५ बजे सुरु हुनेछ ।

समूह ‘एच’ मा रहेको नेपाल आज आफूभन्दा बलियो इरानलाई स्तब्ध पार्दै सुखद सुरुवात गर्ने सोचमा छ ।  इरान भने नेपालविरुद्ध सहज जितको खोजीमा हुनेछ ।

नेपालको समूहमा जोर्डन र इरान रहेका छन् । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउनेछ । नेपालले दोस्रो खेलमा शुक्रबार आयोजक जोर्डनसँग खेल्ने तालिका छ ।

नेपाली टोली

गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डर : अञ्जना पुन मगर, सिम्राई राई, रूपा लिम्बू, अमिता भुल, सीता रोकाया, रेणु लिम्बू, दीपा मगर, सुमी हाङ्मा राई

मिडफिल्डर : माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार, दिलमाया घिसिङ

फरवार्ड : सुक्रिया मिया, लीला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार, कविता गुरुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here