काठमाडाैं । रामेछाप सांस्कृतिक कलाकार समाजले आयोजना गरिएको सम्मान कार्यक्रममा बैशाख ९ गते शंकर अधिकारी घायल ‘स्रस्टा सम्मान’ बाट सम्मानित भएकाे छ ।
माननीय पर्यटन मन्त्री सुदन राई किरातीले गरिएकाे सम्मान गरिएकाे थियाे । सिम्पल सिम्पल कान्छी को डिम्पल पर्ने गाला, तिम्रो आँखा मा बस्ने रहर भो मलाई , घरी मुसु मुसु मुस्कुराएर मार्यौ, मेरि बास्सैको सिर्ष गीत ,छक्का पन्जा ४ को सिरुपाते जुँगामा दाहिने हातको ताउ लगायत दर्जनौं गीत रहेको छ ।
साे कार्यक्रममा गायक भोजराज काफ्ले लगायत रामेछापका बर्तमान निबर्तमान सासद समाजसेवि रमेश बाबू श्रेष्ठ लगायत ब्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो।
नेपाली कला सांस्कृतिकाे संरक्षण, सम्बर्द्वन स्थानीय पयर्टन प्रवर्द्वन गर्ने उद्वेश्यका साथ स्थापित गरिएकाे रामेछाप सांस्कृतिक कार्यक्रम २०८० मा सम्मान गरिएकाे थियाे । लामाे समयदेखि नेपालीमा संगीत क्षेत्रमा आफ्नाे उत्कृष्ट शब्द सृजना गरि अतुल्नीय याेगदान दिएबापत साे सम्मान गरिएकाे थियाे ।


















