स्वास्थ्य पत्रकार मञ्च नेपाल पुरस्कृत

90

काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ । एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसनले मञ्चलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।

चितवनमा आयोजित एक कार्यक्रममा एसोसिएसनका अध्यक्ष माधव मरासिनीले मञ्चका अध्यक्ष सरोज ढुङ्गेललाई उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।

पुरस्कारको राशि १९ हजार पाँच रुपियाँ रहेको छ । पत्रकारहरूलाई सङ्गठित गर्दै उनीहरूको क्षमता अभिवृद्धि, पेसागत सुरक्षासँगै प्रभावकारी र जनमैत्री स्वास्थ्य क्षेत्र निर्माणमा योगदान पुर्‍याएको भन्दै एसोसिएसनले उक्त पुरस्कार प्रदान गरेको हो ।

यस वर्ष यो पुरस्कार पाउने अन्य पत्रकारका संस्थामा श्रमजीवी पत्रकार सङ्घ, राष्ट्रिय दलित पत्रकार सङ्घ, आदिवासी जनजाति पत्रकार महासङ्घ, क्रियाशील महिला पत्रकार, मुस्लिम जर्नालिष्ट क्लब, मधेसी पत्रकार समाज, अपाङ्ग पत्रकार मञ्च, शिक्षा पत्रकार समूह र राष्ट्रिय यातायात पत्रकार सङ्घलाई रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here