काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कामना सेवा विकास बैंकले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।
आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम बैंकको शेयरमूलय ३०० रुपैयाँ ८० पैसाका आधारमा नेप्सेले ४.४१ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य २८८ रुपैयाँ १० पैसा कायम गरेको गरेको छ । सोही मूल्यकै आधारमा आइतबार बैंकको शेयर कारोबार खुल्ने छ ।


















