प्रथम मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगीता सुरु 

69

दमक । झापाको दमकमा प्रथम मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगीता सुरु भएको छ ।

प्रतियोगितामा सात प्रदेशमध्ये बागमती प्रदेश र कर्णाली प्रदेश बाहेकका पाँच प्रदेशका भलिबल टिमको सहभागिता रहको छ ।

बिहीबार साँझ देखि रात्रीकालिन रुपमा प्रतियोगीता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउदै कोशी प्रदेशले जित निकालेको छ ।

सुदरपश्चिम प्रदेशलाई सोझो ३ सेटमा हराउदै कोशी प्रदेश विजयी भएको कोशी प्रदेश खेलकुद विकास बोर्डका संयोजक थलुराज भण्डारीले जानकारी दिनुभएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रतियोगीताको उद्घाटन गर्ने कार्यक्रम रहेपनि पहिचान पक्षधर भनिएका बिभिन्न समुहहरुले प्रतियोगीता स्थल हिमालय माध्यमिक बिद्यालयको खेल मैदानलाई लक्षित गरेर दिउसोदेखि नै प्रर्दशन गरेपछि उहाँको उपस्थिति नरहेको जनाईएको छ ।

प्रतियोगिताको सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दीपकबहादुर सिंहले उद्घाटन गर्नुभयो । शनिबार सकिने प्रतियोगिताको विजयी टिमले तीन लाख र उपविजेताले दुई लाख रुपियाँ पुरस्कार पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here