रवि लामिछानेका सवारी चालकको निधन

89

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेका सवारी चालकको उपचारको क्रममा निधन भएको छ । वैशाख ४ गते चितवनमा घरको छतबाट खसेर घाइते भएका चालक शम्भु थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मंगलबार दिउँसो १ बजेर ४० मिनेटमा उनको निधन भएको ललितपुर प्रहरी प्रवक्ता प्रवीण पोखरेलले जानकारी दिए ।

चितवनको भरतपुरमा प्रारम्भिक उपचारपछि थापालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उपचार गराइएकोमा उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन ।  थापाका श्रीमती र दुई सन्तान रहेकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here