जोगी बन्न खरानी नै घस्नुपर्ने किन होला
जाल छोड्न झेलमा फस्नुपर्ने किन होला ।।१।।
अघाउञ्जेल मात्रै खाए हुन्न कवै अभाव
थुपार्नलाई कमाएर खस्नुपर्ने किन होला ।।२।।
नौटङ्की देखाई अनेक महान छु भनी
फोहरी हुन जंगल नै पस्नुपर्ने किन होला ।।३।।
आफै मात्रै मोटाउनलाई सबैलाई नै होम्यौ
झुक्याएर आफ्नालाई डस्नुपर्ने किन होला ।।४।।
तिमीलाई पोस्नलाई दिए आहुति निर्दोषले
तिम्रो लागि अरूले पटुकी कस्नुपर्ने किन होला ।।५।।
बाबुकाजी सुवाल ‘विकेश निराशी’
चाँगुनारायण नपा-२, हनुमानटार, झौखेल, भक्तपुर ।


















