साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता कुवेतले खेल्ने

293

काठमाडौं । कुवेतले भारतमा हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्ने भएका छन् । कुवेतले आमन्त्रित टोलीका रुपमा प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

साफले बुधबार कुवेतको सहभागिता पक्का भएको जानकारी दिएको हो ।

यसअघि साउदी अरेबियाको यु-२३ टोली र मलेसियाललाई सहभागिताका लागि प्रस्ताव गरे पनि उनीहरुले अस्विकार गरेको साफले बताएको छ ।

भारतले जुन २१ देखि जुलाई ३ सम्म साफ च्याम्पियनसिपको १४ औं संस्करण आयोजना गर्दैछ। अब प्रतियोगितमा आठ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा दक्षिण एसियाका भारत, नेपाल, भुटान, माल्दिभ्स र बंगलादेशको सहभागिता रहँदा फिफाको प्रतिबन्धका कारण श्रीलंकाले च्याम्पियनसीप गुमाउने छ ।

प्रतियोगिताको खेल तालिका भने सर्वाजनिक भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here