खुमलटार रेलिगेसन जाेनमा, पुलिस र मनाङ खेल्याे

32

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमवार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले खुमलटार युथ क्लबलाई हराएको छ। च्यासल मैदानमा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले खुमलटार युथमाथि ३-१ गोलअन्तरले हराएको हो।

रफिक अमिनुले ४ र १६ औँ मिनेटमा गोल गर्दा पहिलो हाफमै दुई गोलले अगाडि रहेको थियो। खुमलटारका लागि ६७ औँ मिनेटमा मेसुके ओलोमोउले गोल फर्काए। तर, २ मिनेट नबित्दै सन्तोष खत्रीले फ्रेन्ड्सका लागि गोल थप्दा खुमलटार ३-१ गोलअन्तरले पराजित हुन पुगेको हो।

त्यस्तै सोमवारनै एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङदी क्लब २-२ गोलको बराबरीमा रोकिए। खेलको १६ औँ मिनेटमा अहमेद हिजाजीको गोलमा पुलिसले खेलमा अग्रता बनाएको थियो। तर, ३३ औँ मिनेटमा मनाङका रोशन मगरले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। त्यस्तै ४४ औँ मिनेटमा सइजजमोल डेभलाटजोनोभले गोल थप्दै मनाङले अघि बढाए।

पहिलो हाफमा २-१ ले पछि रहेको पुलिसको उद्दार हिजाजीले गरे। उनले खेलको ७१ औँ मिनेटमा हिजाजीले ब्यक्तिगत दोस्रो गोल थप्दा खेल २-२ को बराबरीमा रोकियो।

योसँगै रेलिगेसन ब्याटल थप रोमाञ्चक बन्दै गएको छ। १६ खेलबाट १६ अंक जोडेर पुलिस तालिकाको पुछारमा रहँदा समान खेलबाट १७ अंक जोडेको खुमलटार रेलिगेसन जोनमा छ। त्यस्तै १९ अंक जोडेको फ्रेन्ड्स तालिकाको ९ औँ स्थानमा रहँदा २० अंक जोडेको मनाङ तालिकाको सातौँ स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here