यूनिटेक हाइड्रोले आईपीओ निष्काशन गर्ने

23

काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले ३६ करोड ६७ लाख रुपियाँको आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले रु. १००/– अंकित दरका रु. ३६,६७,००,०००/– रकम बराबरको ३६,६७,००० कित्ता आईपीओ निष्काशनका लागि  लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरका प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरेका छन् । 

यूनिटेक हाइड्रोपावरले ताप्लेजुङको फावाखोला, तिरिङ्गे र सिकैचा गाविसहरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here