झन्डै चार लाख आवेदकको तथ्याङ्क हराएकोमा आपत्ति

62

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको तथ्याङ्क हराएकोमा आपत्ति जनाएकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद डाँगीले हराएको डाटा रिकर नगरी लाजमर्दो तरिकाले आयोगले पुनः दरखास्त आह्वान गरेकोमा आपत्ति जनाएकी हुन्।

‘२१ औ शताब्दीमा विश्वमा प्रविधिले यस्तो फड्को मारिरहँदा हाम्रो सरकारले चार लाख आवेदकको डाटा सुरक्षित राख्न सकिरहेको छैन । सभामुख महोदय, किन हाम्रो सरकारसँग ब्याकअप सिस्टम छैन ?,’ उनले भनिन्, ‘लोकसेवा  आयोग जस्तो जिम्मेवार निकायले डाटा सुरक्षित नराख्नु, आफू सँग भएको डाटा ब्याकअप पनि नहुनु?  अन्तिममा आएर पुनः फारम भर्न लगाउने, कति सम्म को लापरबाही हो यो ?’

सांसद डाँगीले नेपालका अधिकांश युवाहरू विदेशिएको र खाडीमा रगत पसिना बगाउन बाध्य रहेको उल्लेख गर्दै केहिले स्वदेशमै भविष्य खोजिरहेकाहरूलाई प्रोत्साहन गर्नुको सट्टा सरकारले उल्टै निरूत्साहन गरिरहेको आरोप लगाएकी छन्।

‘यसरी युवाहरूको भविष्य सँग खेलबाड नगर्न र डाटा रिकभर हुदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गर्न सभामुख मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु र साथै पटक पटक परीक्षा तोकिने र सरिरहने समस्या अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराउँदछु,’ उनले भनिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here