एमाले सचिव टोपबहादुर रायमाझीलाई आत्मसमर्पण गर्न आग्रह

29

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएका एमाले सचिव टोपबहादुर रायमाझीलाई आत्मसमर्पण गर्न आग्रह गरेका छन् । उनले पार्टी कार्यालय च्यासलमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्।

यसअघि पार्टीले औपचारिक रुपमा विज्ञप्ति जारी गरेर निलम्बन गरेको र आत्मसर्मपण गर्नसमेत आग्रह गरेको भन्दै उनले पुन: आग्रह गर्ने बताए। नेकपा एमाले भ्रष्टाचार विरुद्ध उभिएको दल भएकाले अनुसन्धानमा सहयोग गर्नुपर्ने भन्दै उनले रायमाझीलाई प्रहरी कार्यालय उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरे।

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ पूर्जी जारी गरी पक्राउ गर्न खोज्दा ओलीले उपप्रधानमन्त्री भएको व्यक्तिलाई बाटोमै पक्राउ गर्न खोज्नु गलत भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेर आपत्ति जनाएका थिए।

उनले रायमाझी फरार नहुने दाबी गरेका थिए। तर रायमाझी अर्घाखाँची पुगेर काठमाडौं फर्कंदै गर्दा सम्पर्कविहीन भएका थिए। तत्कालीन समयमा बचाउ गरेका ओलीले अहिले आत्मसर्मपणको आग्रह गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here