प्रतिनिधि सभामा सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना सुनायाे

55

काठमाडौं। सभामुख देवराज घिमिरेले नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधि सभामा पढेर सुनाउनुभएको छ ।

सभामुख देवराज घिमिरेले ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धनाका क्रममा रायमाझीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले वैशाख ३१ गते राति ८ः२५ बजे बढानीलकण्ठ–४ बाट पक्राउ गरेर हिरासतमा राखेको सदनलाई जानकारी गराउनुभएको हो ।

रायमाझीलाई पक्राउ गरेको सूचना जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार सङ्घीय संसद सचिवालयलाई जानकारी गराएको हो । सभामुखले रायमाझ पक्राउ परेको सूचना प्रतिनिधि सभा नियमावलीको नियम २४८ (१) बमोजिम संसदलाई जानकारी गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here