काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको आज (सोमबार) बयान लिइने भएको छ।
वैशाख २७ गते नै पक्राउ परेका खाणको बयान हुन सकेको थिएन। घटनाका सम्बन्धमा प्रहरीले सोधपुछ गरे पनि उनको बयान भने ‘रेकर्ड’ गरिएको थिएन।
सरकारी वकिल समेतको उपस्थितमा प्रहरीले सोमबार खाणको बयान लिन लागेको हो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणि नेउपानेले सोमबार दिनभर बयान गर्न भनेर आइतबार नै निर्देशन दिएका थिए।

















