नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

40

काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। नेप्से परिसूचक ३.३४ अंकले घटेर १८१८.३१ अंकमा कायम भएको हो।

सोमबार २६६ वटा कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता शेयर २० हजार १५८ पटक खरिद बिक्री हुँदा ७२ करोड ४९ लाख ६९ हजार ९८० बराबरको कारोबार भएको छ।

विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको उपसूचक बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। विकास बैंक समूह १०.५५, वित्त समूह १.११, उत्पादन तथा प्रशोधन समूह २२.७० र लघुवित्त समूह १०.८० अंकले बढेको छ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ५१.७७ र होटल तथा पर्यटन समूहको उपसूचक १६.६४ अंकले घटेको छ। बैंकिङ समूह ३.७०, जलविद्युत् समूह ५.३४, लगानी समूह ०.०६, जीवन बीमा समूह ८.४७, म्युचुअल फन्ड ०.०५, व्यापार समूह ६.९४ र अन्य समूह ७.४५ अंकले घटेको छ।

नेपाल इन्भेस्टमेन्ट बैंक ग्रोथ फन्डको शेयर मूल्यमा सोमबार सबैभन्दा धेरै ९.८८ प्रतिशतको वृद्धि देखिएको छ भने सबैभन्दा धेरै घट्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा ६.४५ प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा सोमबार सबैभन्दा धेरै एनआईसी एसिया बैंक लिमिटेडको तीन करोड चार लाख ६७ हजार बराबरको शेयर खरिदबिक्री भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको एक लाख ३९ हजार ६३० कित्ता शेयर किनबेच भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here