जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

74

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित पप्पु महर्जनको टिनको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-२ घर  भएका २५ वर्षीय राम बहादुर सिजाली समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५२ हजार ५ सय रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here