सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा पेस गर्ने तयारी

83

काठमाडौं । सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा पेस गर्ने तयारी गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम पेस गर्नेछन्।

सरकारले नीति तथा कार्यक्रम पेस गर्ने मितिको जानकारी संसद् सचिवालय र राष्ट्रपति कार्यालयलाई गराएको छ।

सरकारले जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। त्यसअघि नीति तथा कार्यक्रम पेस गरिन्छ। सरकारले आगामी आर्थिक वर्षमा गर्ने कामहरु उक्त कार्यक्रममा समावेश हुन्छन्। सत्तारुढ दलहरुको साझा दस्तावेजको रुपमा संघीय संसदमा नीति तथा कार्यक्रम पेस हुनेछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ गते भएको निर्वाचनपछि बनेको सरकारको रुपमा पहिलो नीति तथा कार्यक्रम पेस गर्दैछन्। सुरुमा एमालेको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्ड पछि नेपाली कांग्रेस सहितको समर्थनमा विश्वासको मत पाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here