अनुदानमा माछाको भुरा पाएपछि कृषक खुसी

49

प्रतिरोपनी सात सयका दरले माछाका भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले बताउनुभयो । कृषकलाई गाउँपालिकाको हावापानी अनुकूलको तातो हावापानीमा हुर्किन सक्ने कमन कार्पको माछाका भुरा वितरण गरिएको उहाँले बताउनुभयो ।

शाहले भन्नुभयो, ‘‘स्थानीय हावापानीसँग मिल्ने प्रजातिको भुरा बाँडेका हौँ, यो माछा एक वर्षमा दुई किलोसम्म हुन्छ ।’’ गाउँपालिकाले नेपाल सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रति भुरा ५० पैसामा खरिद गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले माछापालक कृषकलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘व्यावसायिकरूपमा काम गरिरहेका सबै कृषकलाई अनुदानको नीति ल्याएको छ, सोही बमोजिम माछापालक कृषकलाई पनि शतप्रतिशत अनुदानमा भुरा वितरण गरेका हौँ ।’’

अध्यक्ष श्रेष्ठका अनुसार यसले अहिले व्यवसाय गरिरहेकालाई प्रोत्साहन हुन्छ नै नयाँलाई आकर्षण थप्ने विश्वास लिइएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सूचना बमोजिम माग सङ्कलन गरी पोखरीको क्षमता हेरी माछाका भुरा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो ।

गाउँपालिकाको अनुसार वडा नम्बर १ का जगतबहादुर थापालाई दुई हजार, फविसरा थापालाई दुई हजार, वडा नम्बर–२ का प्रेमलता शाहीलाई सात सय, वडा नम्बर–३ का विजु आलेलाई तीन हजार पाँच सय, सनिमाया थापालाई दुई हजार, वडा नम्बर–४ का ओमबहादुर आलेलाई एक हजार पाँच सय, देविका थापालाई एक हजार पाँच सय, सोमकुमार श्रेष्ठलाई १५ हजार, टोपप्रसाद थापालाई एक हजार पाँच सय, भीमकुमारी रानालाई एक हजार पाँच सय, हिमनारायण कायस्थलाई चार हजार , वडा नम्बर ५ का कृष्ण थापालाई छ हजार पाँच सय, तालबहादुर आलेलाई चार हजार माछाका भुरा वितरण गरिएको छ ।

त्यस्तै वडा नम्बर ५ का भक्तबहादुर गुरुङलाई चार हजार, वडानम्बर–६ का मदीमाया रानालाई चार हजार, म्याग्दे–७ का ओमराज गोतामेलाई एक हजार पाँच सय, देवबहादुर विश्वकर्मालाई सात सय, अच्युतराज काफ्लेलाई सात सय, ध्रुव वाग्लेलाई एक हजार एक सय, दुर्गामाया घर्तीलाई एक हजार एक सय भुरा वितरण गरिएको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सूचना बमोजिम माग सङ्कलन गरी पोखरीको क्षमता हेरी माछाका भुरा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले जानकारी दिनुभयो । गाेरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here