अधिकार हनन नहुने गरी सञ्चार विधेयक पास गर्छौ

66

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गम्भीर भएर कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नु भएको छ । नेपाल प्रेस युनियन कास्कीको १० औ अधिवेशनको उद्घाटन पछि बोल्दै उहाँले समाचार लेख्दा सत्य तथ्यमा आधारित भएर लेख्न पर्ने बताउनुभयो ।

एउटै सन्दर्भका समाचार मिडिया अनुसार फरक फरक आउने गरेका छन् । केही मिडियाले समाजमा उत्तेजित हुने खालका समाचार प्रकाशित गरेको पाइन्छ त्यसमा होसियार हुन आवश्यक छ, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री पाण्डेले प्रेस युनियनले पत्रकार शुद्दिकरणको अभियान राम्रो भएको बताउनु भयो । उहाँले गण्डकी प्रदेशमा रोकिएको मिडिया बिधेयक छिटै पुरा हुने बताउनु भयो । संविधानले निर्देशन गरेको अधिकार हनन नहुने गरी सञ्चार विधेयक पास गर्छौ । मिडियामा देखिएको गलत प्रविधि हटाउन सबै मिलेर समाधान गरौँ, उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here