अपाङ्गको बारेमा उचित व्यवस्था गर्नबाट सरकार चुकेको टिप्पणी

41
काठमाडौं । नेकपा एमालेका सांसद् कालुराम राईले सरकारले संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०। ८१ को नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको बारेमा उचित व्यवस्था गर्नबाट सरकार चुकेको टिप्पणी गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोलदै सांसद राईले सरकारको नीति तथा कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक,आर्थिक सशक्तिकरण भन्ने प्रावधान राखिएको भएतापनि त्यसमा उनिहरुले गरेको अध्ययन अनुसन्धान तथा साहित्य सिर्जना वा क्षमतालाई प्रोत्साहन दिनेखालको व्यवस्था नभएको भन्दै उक्त व्यवस्था समाबेस गर्न सरकारको ध्यानाकर्षण गराए ।

अपाङ्गता भएका व्यक्तिहरुपनि अन्य व्यक्तिहरु भन्दा कम क्षमतावान नहुने भन्दै उनले अपाङ्गतामैत्री प्रोतसाहन सिर्जना पुरस्कार स्थापना गर्न सरकारसँग माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here