भ्रष्टाचारमा शून्य सहनशीलता : आफूमाथि नै छानबिन गर्न ओलीको आग्रह

26
काठडाैं ।  प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति, कार्यक्रमले मुलुकको मौजुदा समस्या समाधान नगर्ने भन्दै फिर्ता लिन आग्रह गरेका छन्।

आइतबार संसद्मा नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले अरू दललाई पनि समथर्गन नगर्न आग्रह गरे । लामो व्याख्या गर्दै सरकारले आफ्नो पालामा ल्याएको कार्यक्रम नियतवश हटाएको भने।

‘मैले यति लामो समय लिएर व्याख्या गर्नुको कारण म अरू पार्टीलाई पनि समर्थन नगर्न आग्रह गर्छु। देशप्रति जिम्मेवार भएर सोच्न आग्रह गर्छु। एक वर्ष बर्बाद भयो। यस नीति कार्यक्रमले अब हुनेवाला केही छैन।यो पारित गर्न योग्य छैन, पारित गर्न हुँदैन,’ उनले भने।

देशको बाटो नदेखाउने र देशलाई समस्याबाट नउम्काउने भएकाले पारित गर्न नहुने उनले बताए।

‘जसले देशलाई अगाडि बढाउन कुनै सोच राखेको छैन, त्यस्तो नीति कार्यक्रम नामको पोथामाथि छलफल गरिराखेका छौं। यही बोकेर जानुपर्ने नौवत नआओस्,’ उनले भने।

एमाले अध्यक्षसमेत रहेका ओलीले प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम फिर्ता लिए ‘पोलिटिकल एजेन्डा’ नबनाउने पनि बताए।

उनले यस्तै कार्यक्रमबाट नेपाली कांग्रेस अगाडि बढाउने हो भन्दै प्रश्न गरे। ‘यही हो नेपाली कांग्रेसले देशप्रति गर्ने प्रतिबद्धता? पाँच–सातवटा मन्त्री भए पुग्यो नेपाली कांग्रेसलाई, देशप्रति कुनै दायित्व छैन?’ ओलीले टिप्पणी गरे।

सरकारले देशको परिस्थिति नबुझेको कि बुझेर पनि अल्मल्याउन खोजेको भन्दै पनि प्रश्न गरे।

‘प्रधानमन्त्रीज्यू! नीति कार्यक्रम फिर्ता लिनुस्, फिर्ता लिनुहुन्न भने छक्का हानेर पठाइदिनुपर्छ, रिङ आउट,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here