करेन्ट लागेर मृत्यु

140

चितवन ।  भरतपुर महानगरपालिका-२५ स्थित प्रभात जल उपभोक्ता समितिमा कार्यरत कामदार बाँके जानकी गाउँपालिका-२ घर भएका २० वर्षीय देसराज कोरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका-२५ शुक्रनगरस्थित विद्युतको ट्रान्समिटर परिवर्तन गर्न विद्युतको कर्मचारीलाई सहयोग गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here