प्रथम नगर स्तरीय रक्तदान तथा दन्त जाँच शिविर सम्पन्न

296

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल चन्द्रागिरि नगर कमिटीद्वारा ‘प्रथम नगर स्तरीय रक्तदान तथा दन्त शिविर शनिबार सम्पन्न भएको छ ।

चन्द्रागिरी नगरपालिका वडा नं. ८ मातार्तिथ हस्पिटल, बौथलीचोकमा भएको कार्यक्रममा १२० जना  उपस्थिति भएको थियो भने ६० जनाले रक्तदान तथा दन्त शिविरमा ४० जनाले सभागिता जनाई स्वास्थ्य लाभ लिएका थिए ।

सो कार्यक्रमा प्रमुख अतिथिका रूपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा नेपाल सरकारका पूर्व शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, बिशिष्ट अतिथि राष्ट्रिय युवासंघ नेपालका का।वा अध्यक्ष अमित लामा, प्रदेश स्थायी कमिटी सदस्य बेली माया घले,  चन्द्रागिरी नगर कमिटी अध्यक्ष राजु श्रेष्ठ, राष्ट्रिय युवासंघ नेपाल काठमाडौं जिल्ला कमिटी अध्यक्ष सन्तोष अर्याल, राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटी काठमाडौंका सदस्यहरु,  चन्द्रागिरी नगरपालिका वडा नंं. ८  का वडा कमिटी अध्यक्ष सन्तोष खड्का, समाजसेवी राजेश श्रेष्ठ पाल्नु भएको थियो ।

राष्टिय युवा संघ नेपाल  चन्द्रागिरि नगर कमिटीका अध्यक्ष महेश्वर श्रेष्ठले आफूहरूले मानवीय धर्म नै सेवा सबैभन्दा ठूलो धर्म ठानेर रक्तदान तथा दन्त  शिविर कार्यक्रम आयोजना गरेकाे जनाए ।

कार्यक्रम सफल बनाउन लायन्स क्लब काठमाडौं ब्लड सर्कल तथा  प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नेहरुलाई  राष्ट्रीय युवा संघ नेपाल  चन्द्रागिरि नगर कमिटीकाे तर्फबाट हृदय देखि नै आभार व्यक्त गरे ।

साे संस्थाले बृक्षारोपन, सरसफाई, क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास तालिम, देशमा व्याप्त बेरोजगार तथा विदेश पलायन राेक्नका लागि रोजगारमूलक तालिम तथा अन्य कार्यक्रमहरू गर्दै  आइरहेकाे छ ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here