गजल

26

नगिन तामाङ

कसैसंग झ्प्पै नजर
कतै जुधिए पनि हुन्थ्यो नि
उसै संग ठ्याक्कै
अलग कसिए पनि हुन्थ्यो नि

मेरो दिलमा उस्को
अनि उस्को दिलमा
मेरो घर एक अर्कामा
बसाई सरि रचिए पनि हुन्थ्यो नि

बाटो अलग भएपनि
यात्रा एक बनाई हिडौ भनी
गन्तव्य सधै भरी
एउटैमात्र बनिए पनि हुन्थ्यो नि

दिल उस्को र मेरो अ-अलग
भई यात्रा गर्दाखेरी
धड्कन सधै एउटै बनेर
धड्किए पनि हुन्थ्यो नि

दुई दिल एकबनी
सुख दु:ख बाडफाट गर्ने
कतै सुन्दर घर मायानै
मायाले सजिए पनि हुन्थ्यो नि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here